जापानमा 'गाजलु'

Posted on: June 12, 2016 | views: 717

२९ जेठ, टोकियो ।
अनमोल केसी र मिस नेपाल सृष्टि श्रेष्ठ अभिनित गाजलु चलचित्र जापानमा प्रदर्शन हुने भएको छ ।

गतशुक्रबारबाट नेपालमा प्रदर्शन भइरहेको चलचित्र गाजलु जापानको टोकियो, ओशाका र फुकुओका लगायतका सहरमा प्रदर्शन हुन लागेको हो ।

नेपालमा राम्रो कमाई गरिरहेको गाजलुलाई जापानमा इश्वर श्रेष्ठले प्रदर्शन गर्न लागेका हुन् ।

पहिलो चलचित्रको रुपमा उदाएकी सृष्टि श्रेष्ठको अभिनय रहेको चलचित्रमा काठमाडौंको नेवार समुदायमा रहेको कुमारी प्रथालाई आधार बताइएको छ ।

पछिल्लो समयमा सफलता पाइरहेका अभिनेता अनमोल र पहिलो फिल्ममा अभिनय गरिरहेकी मिस नेपाल सृष्टिको जोडी भएकाले पनि यो फिल्म चर्चामा रहेको छ ।

चलचित्रको भिडियो हेर्नुहोस्