संजय दत्त जेलबाट रिहा 

Posted on: May 03, 2016 | views: 376

एजेन्सी । जेल सजाय काटिरहेका बलिउड अभिनेता संजय दत्त बिहान जेलबाट रिहा भएका छन्। दत्त महाराष्ट्रक यरवदा जेलबाट बिहीबार बिहान रिहा भएका हुन् । सञ्जय दत्त १२ मार्च, १९९३ को मुम्बई विस्फोट मामिलामा अवैध हतियार राखेको अभियोगमा पाँच वर्षको जेल सजाय काटिरहेका थिए । उनलाई लिन उनकी पत्नी मान्यता दत्त जेल पुगेकी थिइन्। जेल प्रशासनले सुरक्षा कारण जनाउँदै दत्त परिवारले सञ्जयलाई बाहिरी संसारमा स्वागत गर्न पाउनुपर्ने अनुरोधलाई खारेज गरिदिएको छ। पाँच वर्षे सजाय सुनाइएका संजयले ४२ महिना जेल बस्दा ५० भारूका दरले कागजका झोला बनाएर करिब ३८,००० भारू कमाएका थिए। सो कमाइको अधिकाशं हिस्सा उनले जेल भित्र रहँदा आफ्ना दैनिक जीवनका लागि चाहिने सामान किन्नमा खर्च गरेका थिए।