टोक्योमा राजु लामा लाईभ कन्सर्टमा नेपाली नचाउँदै

Posted on: May 02, 2016 | views: 370

मदन पाठक-१२ फागुन, टोक्यो ।
लोकप्रिय गायक राजु लामाले जापानको राजधानी टोक्योमा लाईभ कन्सर्ट मार्फत नेपाली नचाउने भएका छन् ।

ल्होसार कार्यक्रम सहित आधा दर्जन कार्यक्रमको लागि जापान आएका गायक लामाले यही फेब्रुवरी २८ तारिखमा टोक्योमा नेपाली नचाउने भएका हुन् ।

राजधानी टोक्योमा फेब्रुवरी २८ तारिख आइतबारका दिन हुने कन्सर्टको लागि लामालाई शितल योञ्जन, रामकृष्णबम मल्ल सहित इलुसन ब्याण्डले पनि साथ दिने भएको छ ।
यस्तै सुदिन गुरुगं र हिमाली कार्कीले पनि आफ्नो प्रस्तुति पस्कनेछन् ।

यसैगरि जापानमा रहेका नेपाली कलाकारहरु आशा गोले, सुनिता लामा, कमल दोर्जे लामा, प्रियंका, संगिता क्षेत्रीले आफुसँगै उपस्थित नेपालीलाई नचाउने छन् ।

किरण मगर र सुदिन गुरुगंको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा राजु लामासँगै नमस्ते व्याण्डले आफ्ना लोकप्रिय एक दर्जन बढी गित प्रस्तुत गर्नेछन् ।

टिकट बुकिंग धमाधम भइरहेको भन्दै आयोजकले टिकट छिटो बुकिंग गर्न आग्रह समेत गरेको छ ।

टोक्यो सिन्जुकु, खाबुकी युनिभर्सल सिटीमा हुने कार्यक्रम फेब्रुवरी २८ आइतबार साँझ ५ बजेबाट सुरु हुनेछ ।

https://scontent.xx.fbcdn.net/hphotos-xpf1/v/t1.0-9/12745972_1084105474987018_3792360768384054617_n.jpg?oh=452582942d3cbb6a2350aaf2e6c9e9d9&oe=57607719

गायक राजु लामा जापानका नेपाली नचाउन आइपुगे