हुम्लामा पहिलो सांस्कृतिक महोत्सव

Posted on: May 31, 2016 | views: 329

१८ जेठ, काठमाडौं ।
हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपटक ‘हुम्ला सांस्कृतिक महोत्सव’को आयोजना गरिएको छ ।

सञ्जीवनी कला केन्द्र र हुम्ला जिल्ला विकास समितिको संयुक्त आयोजनामा हिजो र आज भएको महोत्सवमा  जिल्लाका २७ गाउँ विकास समितिले भाग लिएका छन् ।
     
महोत्सवमा पुराना सांस्कृतिक झाँकी, महाकाल, ढाल तरबार, देउडा गीत, छुटके नाच, लोक गीत, नृत्य गरी ३७ टोलीले भाग लिएको जिल्ला विकास समिति हुम्लाले जनाएको छ ।