सुशान्तको डेब्यु 'जब म...'युट्युबमा

Posted on: May 02, 2016 | views: 454

११ फागुन, काठमाडौं ।
मोडलको रुपमा डेब्यु गरेका सुशान्त सिटौला अभिनित म्युजिक भिडियो 'जब म...' अब युट्युबमा हेर्न पाइने भएको छ ।

पहिलो पटक टपनेपालन्युजडटकमले युट्युव च्यानल मार्फत् दिलु पाख्रिनको स्वर र समय सुनुवारको शब्द संगितमा रहेको गित 'जब म...'लाई बिहिबार युट्युवमार्फत् सार्वजनिक गर्न लागेको हो ।

मोडलको रुपमा डेब्यु गरेका सुशान्तसँगै प्रतिमा चन्दको अभिनय रहेको गित यसअघिनै नेपाली बजारमा लोकप्रिय बन्न सफल भएकोले म्युजिक भिडियोले त्यो सफलतामा थप उचाई दिने विश्वास लिइएको छ ।