रेडियो नेपालमा रेकर्ड भयो विश्व रेकर्ड कायम गर्ने गीत

Posted on: May 19, 2016 | views: 299

६ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ३२१ जना कलाकारले वातावरण सम्वन्धी चेतनामुलक गीत गाएर गीनिज बुक अफ द वल्ड रेकर्ड कामय गराउन आज रेडियो नेपालमा आयोजना गरिएको अभियानको उद्घाटन गर्नुभयो ।

वातावरण सम्वन्धी सो गितमा चर्चीत गायक गायिका देखी नव गायक गायिकाहरुले स्वर भरेका छन् । आज गित रेकर्ड गराउन सिंहदरवार परिसर भित्र रेडियो नेपाल प्रांगणमा गायक गायिकाहरुको भिंड नै लागेको थियो ।