बलिउड नायिका सोनाक्षी काठमाडौंमा

Posted on: May 17, 2016 | views: 244

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आइपुगेकी छिन्। राजधानीको टुँडिखेलमा शनिबार हुने ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिन बलिउड नायिका सोनाक्षी दिउँसो १ बजेर ५५ मिनेटमा आफ्ना सुरक्षा गार्डसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी हुन्।

क्यापमा कालो चश्मा लगाएर स्पोर्टी ‘लुक्स’मा त्रिभुवन विमानस्थलबाट सोनाक्षी बाहिरिएकी थिइन् । सैनिक श्रीमती संघ नेपालले आयोजना गर्न लागेको उक्त कन्सर्टमा सोनाक्षी र मलाईकासँगै नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र गायिका इन्दिरा जोशीले पनि नृत्य प्रस्तुत गर्दैछन् । ‘सोनाक्षीको यो पहिलो नेपाल भ्रमण हो ।