रेखासँगको अंकमालपछि धकेलियो छविको 'किस्मत'

Posted on: May 03, 2016 | views: 415

काठमाडौं । निर्माता छविराज ओझाको  'किस्मत' चैत्र २६ बाट पछि सरेका छन् । प्राय चैतको अन्तिम साता आफ्नो फिल्म रिलिज गर्दै आएका छविराज ओझाको किस्मत २ पनि यो वर्षको चैत्र अन्तिम साताबाट अल नेपाल प्रदर्शन हुने पक्का भएको थियो । तर, यसपटक भने उनको मन पगालिन्, अभिनेत्री रेखा थापाले । रेखा र छविले वुधबार जय नेपाल हलमा गरेको अंकमालले मिडियामा प्रचार पाएको थियो । उक्त भेटपछि रेखाका लागि छविले आफ्नो फिल्म चैत्र २६ गते न ल्याउने भएका छन् ।

रेखा थापा 'रामप्यारी'को प्रचार प्रसारमा तल्लिन हुँदा छविको किस्मत २ भने चुपचाप थियो । नभन्दै उनले आगामी चैत २६ मा किस्मत २ रिलिज नहुने कुरा सार्वजनिक गरे । किस्मतलाई नयाँ बर्षको साउनतिर रिलिज गर्ने सोच बनाएका छन् ।

दशैंको अवसरमा आफ्नो फिल्म रिलिजको तयारी गरेकी रेखाको रामप्यारी भुकम्पका कारण सरेको हो । गतबर्ष फिल्म ‘हवल्दार सुन्तली’ रिलिज गरेका छविले यसपटक भने  चैत्र २६ गतेदेखि रेखाको ‘रामप्यारी’ अल नेपाल रिलिज हुनेछ । यही मितिमा अर्को चलचित्र ‘नाई नभन्नु ल ४’ पनि रिलिज हुँदैछ ।