जापानी चेलीले भक्तपुरमा नेपाली गित गुञ्जाउँदा

Posted on: May 03, 2016 | views: 400

लक्ष्मी राज भण्डारी-१३ बैशाख, भक्तपुर ।
नेपालमा २०७२ बैशाख १२ गते विनाशकारी भूकम्प गएको एक बर्ष वितेको सम्झनामा हिजो देशभर विविध कार्यक्रमहरु आयोजना गरिए ।

यीनै कार्यक्रमबीच एक पृथक कार्यक्रम बन्न पुग्यो 'हिकारी सङ्ग गिफ्ट इन् नेपाल' ।

भक्तपुर दरबार स्क्वायर प्रांगणमा अपरान्ह ४ बजे सुमधुर लोक बाजाहरु घन्किए । एकै छिनमा विशाल जन मानसहरु भेला हुन थाले ।

एक जापानिज महिला आएर स्टेजबाट सबैलाई अभिवादन गर्छिन् र आफू विशेष यसै दिनको लागि जापानबाट नेपाल आएको जानकारी दिन्छिन् ।

अझ उनको नेपाल आउनुको उद्देश्य नेपालीहरुप्रति साहनुभूति प्रकट गर्न मात्र नभई उनको प्रेरणादायी परोपकारी कार्यबारे थाहा पाउँदा सबैजना हर्षित भए । यिनी थिइन् जापानीज गायिका आवइ् सानु जसले भक्तपुर भूकम्प पिडित सहयोगार्थ सोलार बत्तीहरु जापानबाट लिएर आए र साथमा आफ्नो साँगितिक प्रस्तुति पनि ।

१ वर्ष भरि जे–जस्तो विसमः परिस्थितिबाट हामी गुजरिऔं, आजसम्म जे–जति पुर्नःस्थापनाका कार्यहरु भए, तर आत्मा विश्वास अझ अटल पार्न र आफू भित्रको आशालाई ज्योति दिऔं भन्ने अभिप्रायले आयोजित हिकारी सङ्ग गिफ्ट इन् नेपाल एक उत्कृष्ट कार्यक्रम बन्न सफल भयो । झण्डै तीन घण्टा अवधिको यस कार्यक्रममा विशाल दर्शकहरुको उपस्थिति थियो ।

झिसमिसे साँझ पर्दै जाँदा सोलार लाइटहरु बलेका ती दृश्यले दरबार स्क्वायरको त्यो दृश्य अझ मनोरम र उत्कृष्ट बनाएको थियो ।
भैरवी व्याण्ड, मन्ड व्याण्ड, दत्तात्रय महिला धिमे समूह र जापानबाट आएका अन्यः कलाकारहरुको एक पछि अर्को साँगितिक प्रस्तुतिहरु श्ुरु हुन थाले तर मुख्यः आकर्षण भने गायिका आवइ् सानु देश विदेशमा चर्चित नेपाली लोक गित रेशम फिरिरि गाउँदा पूरै कार्यक्रमको नै सबैभन्दा स्मरणीय क्षण बन्न पुग्यो । न्यू होप सोसाइटिको स्थानीय आयोजनामा गरिएको यस कार्यक्रममा काठमाडौं, ललितपुर, किर्तिपुर र विशेष गरि मध्यपुर ठिमी र भक्तपुरबाट दर्शकहरु थिए ।

कार्यक्रममा गायिका आवइ् सानुले आजैका लागि उनको विशेष सिर्जना A Thousand Light-Shanti 'हजार प्रकाश–शान्ति'को प्रस्तुति पनि दिए जसले सबै उपस्थित दर्शकहरुलाई भावविहोल बनायो ।

‘1 year of devastation, an initiation to light a hope’ यहि मूल सन्देशका साथ आयोजना भएको यस कार्यक्रमले भक्तपुरको पर्यटन उद्योगलाई पनि टेवा पुग्ने साथै हामी नेपालीहरुले पनि पुनस्र्थापनाको लागि अझै धेरै कुरा गर्न बाँकि छ भन्ने कुराको जिम्मेवार बोध गराउने आयोजकहरुको विश्वास छ ।

हिकारी सङ्ग गिफ्ट इन् नेपाल