स्वरुपको ‘दिल दुखेको दिन’ युट्युवमा लोकप्रिय बन्दै

Posted on: May 03, 2016 | views: 458

११ बैशाख, काठमाडौं ।
चर्चित आधुनिक गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गित दिल दुखेको दिन युट्युवमा लोकप्रिय देखिएको छ ।

सुरेश सेन सिँखडाले लेखेको सुमधुर गितलाई गायक स्वरुपराज आचार्यले गाएका छन् भने गितलाई सुष्मा म्युजिक प्रा लि ले बजारमा ल्याएको हो ।

म्युजक भिडियोलाई सार्वजनिक भएको हप्तादिनमै ३ हजार पटक हेरिसकिएको छ ।

गितमा सँगीत बिरेन्द्र गुरुङ्गले गरेका छन् । युट्युव मार्फत सार्वजनिक म्युजिक भिडियोमा टिका भक्त जिरेलको निर्देशन, राम केसी र माला लिम्बु, बिश्वदीप सिवाकोटी, सिमन खड्का र अमृता खानेलको अभिनय रहेको छ भने प्रविन ढकालले सम्पादन गरेका छन् ।