बोल्ड किस सिनमा देखिए आर्यन र मरिस्का (भिडियो सहित)

Posted on: May 03, 2016 | views: 378

१० बैशाख, काठमाडौं ।
३१ बैशाखबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'के म तिम्रो होइन र ?' को रुक रुक बोलको नयाँ गित भिडियो सहित सार्वजनिक भएको छ ।

युट्युव मार्फत सार्वजनिक भिडियोमा नायक आर्यन अधिकारी र मरीस्का पोखरेल बोल्ड सिनमा देखिएका छन् ।

बोल्ड किस सिन र मनागं मुस्तागंको सुन्दर दृश्यमा गित छायांकन गरिएको छ ।

नेपाली चलचित्रमा सफल निर्देशकको रुपमा स्थापित आकाश अधिकारी निर्देशित चलचित्र 'के म तिम्रो होइन र ?' को कथा अधिकारी आफैंले लेखेका हुन् ।

नेपाली चलचित्र इतिहाँसमा अहिलेसम्म सबैभन्दा बढी व्यापार गरेको कोहिनुर चलचित्र निर्देशन गरेका अधिकारीको 'के म तिम्रो होइन र ?' त्यसपछि आउन लागेको नयाँ चलचित्र हो ।

चलचित्र के म तिम्रो होइन र मा देखा परेका मरिस्का र आर्यन दुवै डेब्यु रुपमा चलचित्र के म तिम्रो होइन र बाट नेपाली रजतपटमा देखा पर्दैछन् ।

फिल्म 'के म तिम्रो होइन र ?' मा मरीस्का पोखरेल र आर्यन अधिकारीको साथमा मिथिला शर्मा, गौरी मल्ल, बिनोद केसि, रमेश अधिकारी, सबिना गोपाली, आकाश बाबु खवास, सुरेन बसेल, प्रज्वल सुजल गीरी लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा याम थापाको संवाद र नवराज कृष्ण थापाको छायांकन रहेको छ ।

'के म तिम्रो होइन र' को 'फस्टलुक' सार्वजनिक (भिडियो)