हिकारी सङ्ग गिफ्ट इन् नेपाल

Posted on: May 02, 2016 | views: 283

लक्ष्मिराज भण्डारी-१० बैशाख, काठमाडौं ।
नेपालमा २०७२ बैशाख १२ गते विनाशकारी भूकम्प गएको एक बर्ष वितेको सम्झनामा यहि आउँदो आइतबार बैशाख १२ गते भक्तपुर दरबार स्क्वायर क्षेत्रमा एक भव्य सांगीतिक  कार्यक्रमको आयोजना हुन गई रहेको छ ।

हिकारी सङ्ग गिफ्ट इन् नेपाल नाम दिइएको उक्त कार्यक्रम जापानीज गायिका आवइ् सानुको साँगितिक प्रस्तुति रहने छ साथमा उनीले जापानमा आफ्नो साँगेतिक कार्यक्रमहरुमार्फत संकलन गरेको सोलार लाइटहरु पनि भक्तपुर आशपाशका भूकम्प पिडितहरुलाई वितरण गर्ने कार्यक्रम रहेको छ ।

जापानमा सन् २०११ मा सुनामी आउँदा त्यहाँ रहेका थुप्रै नेपालीहरुले जापानीजहरुलाई विभिन्न प्रकारले सहयोग गरेका थिए र गएको साता पनि जापानमा भूकम्प जाँदा त्यो साथ अझै पनि नेपालीहरुबाट पाएका छौं ।

 

https://scontent.xx.fbcdn.net/hphotos-xap1/v/t35.0-12/13063917_1717660361851536_946740204_o.jpg?oh=f71db1e5d602b79e9d578dd4fd4c1466&oe=571CA68B

सायद असल मित्रता यसैलाई भनिन्छ र यसको संवाहक बनेर हिकारी अर्थात् जापानीज भाषामा लाइट अनि संगितको उपहार लिएर आवइ आएकी छिन् ।

‘1 year of devastation, an initiation to light a hope’ यहि मूल सन्देशका साथ आयोजना हुन गइरहेको यस कार्यक्रममार्फत भक्तपुरको पर्यटन उद्योगलाई पनि टेवा पुग्नेसाथै हामी नेपालीहरुले पनि पुनस्र्थापनाको लागि अझै धेरै कुरा गर्न बाँकि छ भन्ने कुराको जिम्मेवार बोध गराउने आयोजकहरुको विश्वास पनि छ ।

Aoi Sano present's Hikari Song Gift In Nepal कार्यक्रममा जापनीज गायिका आवइ् सानुले यसै कार्यक्रमको लागि उनको विशेष सिर्जना A Thousand Light-Shanti  (हजार प्रकाश–शान्ति)को प्रस्तुति पनि रहने छ ।

अपरान्ह ४ बजेबाट शुरु हुने यस कार्यक्रममा नेपालका विभिन्न सांगीतिक समूहहरुले साथ दिनेछन्ः भैरवी व्याण्ड, मन्ड व्याण्ड, दत्तात्रय महिला धिमे समूह अािद ।

नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा गरिएको बैशाख १२ गतेको यस दिनमा आयोजना हुने यस कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ र यसै कारण पनि आयोजकहरु काठमाडौ उपत्यकाको सबै शहरहरुबाट ठूलो जन–सहभागिता हुने कुरामा विश्वस्त छन् ।