जापानी गायिका आयो साना भूकम्प पीडितका गित गाउन नेपाल आउँदै

Posted on: May 02, 2016 | views: 245

लक्ष्मिराज भण्डारी-८ बैशाख, काठमाडौं ।
जापानमा सन् २०११ मा महाभूकम्प जाँदा त्यहाँको सरकारले बिचल्लीमा परेका जनतालाई आवासको ब्यवस्था ६ महिना भित्र गरिदिएको थियो ।

तर नेपाल सरकारले २०७२ साल बैशाख १२ र २९ गते गएको विकानकारी भूकम्पमा परी बिचल्ली भएका जनतालाई न गाँस न वासको ब्यवस्था गर्न सकियो ।

यस्तो समयमा भूकम्प पीडितहरुलाई आत्मनिर्भर बन्न आशाको दियो बनेर आउँदैछिन् जापानीज गायिका आयो साना । जसले आफ्नो सांगीतिक प्रस्तुती मात्रै होइन जापानमा भूकम्प जाँदा भएको क्षति र त्यहाँका जनताले देखाएको साहसको सन्देश आदान प्रदान गरिने छ ।

Oi Sano Present's Hakari Song Gift In Nepal नाम दिएर गर्न लागेको कार्यक्रममा जापनीज गायिका आयो सानाले भक्तपुरको दरवार स्क्वायरमा भब्य सांगीतिक कार्यक्रम गर्दैछिन् । जुन सांगीतिक कार्यक्रममा नेपालका विभिन्न सांगीतिक समूहले साथ दिनेछ ।

सोही कार्यक्रममा जापनीज गायिका आयो सानले जापानमा आफ्नो सांगीतिक प्रस्तुती मार्फत बटुलेको ३०० थान सोलार बत्ती भक्तपुरका भूकम्प पीडितलाई वितरण गर्नेछ ।

२०७३ बैशाख १२ गते विनाशकारी भूकम्प गएको एक बर्ष वितेको सम्झनामा उपत्यकाको भेरै क्षति भएको क्षेत्र मध्य एक भक्तपुरमा गर्न लागिएको सांगीतिक कार्यक्रममा प्रवेश निःशुल्क भएको आयोजकले बताएको छ ।

साथै यस कार्यक्रमवाट भक्तपुर दरवार स्क्वायर पूर्णरुपले घुमफीर गर्नै नहुने भन्ने जुन सन्देश अन्तराष्ट्रिय बजारमा गएको छ त्यसलाई चिर्न सफल हुने र खस्केको पर्यटन बजार उकालो लगाउनेमा आयोजक विश्वस्त छ ।