‘बुद्ध वर्न ईन नेपाल’को ट्रेलर सार्वजनिक

Posted on: April 30, 2016 | views: 273

काठमाडौं ।  चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’को ट्रेलर सार्वजनिक भएको छ । आईतवार पत्रकार सम्मेलन गरि ज्ञानेन्द्र देउजाले निर्देशन गरेको ‘बुद्ध वर्न ईन नेपाल’ को  ट्रेलर सार्वजनिक भएको हो । यस चलचित्र अमेरिका र नेपालका विभिन्न स्थानमा छायाँकन गरिएको छ । ‘बुद्ध वर्न ईन नेपाल’मा नायक रमित ढुङ्गानाले लगानी गरेका छन् । बुद्धम् शरणम् फिल्मस ब्यानरमा बनेको सो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। राधेश्याम ढुंगाना र अमित ढुंगानाले निर्माण गरेको सिनेमा 'बुद्ध वर्न इन नेपाल'मा नेपाल र अमेरिकाका दृश्यहरु देख्न सकिन्छ। 

ट्रेलर 

सिनेमामा रमितसँगै अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा लगायतका नेपाली कलाकारले अभिनय गरेका छन्। साथै अमेरिकन कलाकार न्याथ्ली र क्यात्रिन मार्चले पनि फिल्ममा भूमिका निर्वाह गरेका छन्।