ड्रिम्सको नायोया पर्खाइ सकियो, भोली प्रदर्शन हुँदै

Posted on: May 01, 2016 | views: 292

४ बैशाख, टोकियो ।
चलचित्र ड्रिम्स नागोयामा भोली प्रदर्शन हुने भएको छ । अनमोल केसी र साम्राग्यलक्ष्मी राणा अभिनित सुपरहिट चलचित्र ड्रिम्स प्रदर्शनको सम्पूर्ण तयारी सकिएको नागोया प्रदर्शनको जिम्मेवारी पाउनुभएका रोशन कार्कीले जानकारी दिनुभयो ।

चलचित्र ड्रिम्स यसअघि अप्रिल १० मा जापानको टोकियोमा प्रदर्शन भएको थियो भने आज शनिवार फुकुओका र भोली आइतबार नागोयामा प्रदर्शन हुँदैछ ।

हप्तादिनमै २ करोड बढीको व्यापार सहित नेपालमा सर्वाधिक लोकप्रिय बन्दै रेकर्ड बनाएको चलचित्र ड्रिम्स जापान, कोरिया, अष्टेलिया लगायत देशमा प्रदर्शन भइरहेको छ ।

नयाँ बर्ष २०७३ को अवसर पारेर प्रदर्शन गर्न लागेको चलचित्र नागोयामा नेपालीहरुबिच भेटघाट र शुभकामना आदान प्रदान गर्ने अवसर समेत बन्न पुगेको छ ।

टिकट सकिन लागेको भन्दै नागोया चलचित्र प्रदर्शनको जिम्मेवारी सम्हाल्नु भएका रोशन कार्कीले मात्र तीन हजार जापानी ऐन तोकिएको टिकट तत्काल लिन आग्रह गर्नुभयो ।

नागोयामा चलचित्र ड्रिम्स हिमाशी बुन्का स्योउगेकिज्योउमा प्रदर्शन गरिँदैछ । नागोया डोमे मे यादा स्टेशनबाट हिँडेर मात्र ५ मिनेटमा पुगिने यो ठाउँ मेइजि लाईनको १ नम्वर एक्जिटबाट निक्लनुपर्ने छ ।

नायोगामा अप्रिल १७ तारिखका दिन साँझ ६ बजे चलचित्र प्रदर्शन हुनेछ ।
चलचित्र ड्रिम्स नागोया सँगै १७ तारिखमा नै जापानको थोचीकीमा पनि प्रदर्शन हुँदैछ । यसैगरि त्यसअघि १६ तारिखमा फुकुओका तथा अप्रिल २३ तारिखमै सिओओकामा प्रदर्शन हुने भएको छ ।

जापानकै गुम्बाकेन र सेन्दाईमा ड्रिम्स प्रदर्शन हुने पक्का भइसकेपनि मिति र स्थान तोकिन बाँकी रहेको जापानमा चलचित्र विक्रिको अधिकार पाएको स्टार इन्टरटेनमेन्टले जानकारी दिएको छ ।

ड्रिम्स १७ तारिखमा नागोयामा प्रदर्शन हुँदै, अधिकाशं टिकट अग्रिम बुकिंग