माग्ने र तक्मेको खासखुस आजबाट नेपाल टेलिभिजनमा

Posted on: May 02, 2016 | views: 251

२ बैशाख, काठमाडौं ।
केदार घिमिरे माग्ने बुढा र विल्सन विक्रम राईको मुख्य अभिनय रहेको खासखुस हास्य टेलिश्रृंखलाले आजबाट नेपाल टेलिभिजनमा प्रशारण थालको छ ।

आब बिहिबारबाट अबदेखी टेलिफिल्म खासखुस हरेक बिहिबार राती ८ः५० देखी नेपाल टेलिभिजनबाट प्रसारण हुने कलाकार केदार घिमिरेले बताएका छन् ।

यसअघि उनीहरु ‘मेरीबास्सै’मा माग्ने बूढो र तक्मे बूढाको चरित्रमा चर्चित थिए ।

यसअघि सम्म युट्युवमा मात्र प्रशारण हुँदै आएको खासखुस आमा अग्नी मिडिया प्रालीको निर्माण र मिडिया हवको प्रस्तुतीमा प्रशारणमा आउने भएको हो ।

यस हास्य टेलिश्रृंखलामा उनीहरुको साथमा सुरज चापागाई, सन्देश लामिछाने, यमन स्रेष्ठ, सुनिता गौतम, निरु खड्का, अरुणा कार्की, सुशीला निरौला, मनराज स्रेष्ठ, राजु पौडेल, मरिचमान स्रेष्ठ, यादब थापा, नेत्र राउत,गुणाखर अधिकारी, सुदिप खतिवडा, अजय रेग्मी लगायतले पनि अभिनय गरेका छन् ।

माग्ने बुढा र तक्मेको खासखुशलाई धुर्मुस सुन्तली अभिनित मेसी बास्सैसँगको प्रतिस्पर्धाको रुपमा समेत हेरिने गरिन्छ ।