जापानमा म्युजिक भिडियो बनाएर ईकु सहितका कलाकार नेपाल फर्कीए

Posted on: May 03, 2016 | views: 877

२ बैशाख, जापान ।
जापान आएको मौकामा नेपाली म्यूजिक भिडियो बनाउने क्रममा हांस्य कलाकारको रुपमा परिचित सुलेमान शंकर ईकुले पनि जापानमा म्युजिक भिडियो बनाएका छन् ।

जापानमा रहेका कलाकारहरुले म्युजिक भिडियो बनाउने क्रम बढीरहेका बेलामा जापान आएको मौका छोपी नेपाली कलाकारहरुले पनि म्युजिक भिडियो बनाउन थालेका छन् ।

एसएमएस फिल्म प्रोडक्सनका शुलेमान शंकर इकुले जापानको राजधानी टोकियो लगायतका स्थानमा छायांकन गरेर म्युजिक भिडियो बनाएका छन् ।

गायक विश्व नेपालीको स्वरमा रहेको गितको भिडियोलाई इकुले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मोडल उत्तम श्रेष्ठ र पुनम गुरुङ देखा परेका छन् ।

भिडियोमा सोनी शिवानी तामाङ लगायतका कलाकारहरु पनि देख्न सकिन्छ । नेपाली नयाँ बर्ष २०७३ को अवसर पारेर म्युजिक भिडियोको बिमोचनको तयारी भैरहेको निर्देशक इकुले जानकारी दिए ।

हाम्रो ग्रुप जापानले आयोजना गरेको सांगितिक कार्यक्रममा प्रस्तुती दिन जापान आएका हास्य कलाकार इकुले भिडियो निर्माणका लागि टिमबाट राम्रो साथ र सहयोग पाएको बताए ।

भिडियोमा जापानी राष्ट्रिय फूल साकुरालाई पृष्ठभुमिमा पारिएको छ । दृश्यहरुमा साकुरा फूल सँगै राम्रो दृश्य कैद गरिएको छ ।

यसैबिच कलाकार इकुसँगै जापान आएका चर्चित लोकदोहोरी गायक राजु ढकाल, सावित्री जोशी, मोडल रश्मी तामाङ मंगलबार नेपाल फर्कीएका छन् । उनीहरुलाई आयोजक संस्था आवर ग्रुप जापानका पदाधिकारीहरुले नारिता विमानस्थलमा विदाई गरेका थिए ।