हलिउड फिल्म डक्टर स्ट्रेन्जमा अर्कै संसारमा देखाइयो नेपाललाई

Posted on: April 30, 2016 | views: 354

२ बैशाख, काठमाडौं ।
पछिल्लो पटक जापानीहरुले सर्वोच्च शिखर सगरमाथामा आधारित बनाएर चलचित्र एभरेस्तो निमार्ण गरेको महिना दिन नवित्दै नेपाललाई पनि समेटेरे हलिउडले बनाएको अर्को चलचित्र सार्वजनिक भएको छ ।

डक्टर स्ट्रेन्ज चलचित्रमा नेपाललाई अर्को विश्वको रुपमा पश्चिमा समाजमा चिनाउन काठमाडौं, पशुपति, स्वयंभु लगायतका क्षेत्र र नेपालका अन्य भूभाग समेत समेटेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

हलिउड, बलिउडका चलचित्रहरु पछिल्लो समय सुन्दर नेपालमा सटिगं हुनेक्रम बढेको छ । सार्वजनिक चलचित्रका दृश्यहरु केही महिनाअगाडि मात्र काठमाडौंमा सुटिङ गरिएको थियो ।

२०१५ को नोभेम्वरमा यो फिल्मको टिम सुटिङका लागि नेपाल आएको थियो ।
बेनेडिक्ट कम्बरब्याचको मूख्य भूमिका रहेको चलचित्रमा उनि सर्जनको भूमिकामा देखिएका छन् भने एउटा सडक दुर्घटनापछि अर्कै संसारमा पुग्ने कथा यसमा देखाइएको छ । जहाँ अर्को संसारको रुपमा नेपाललाई देखाइएको छ ।

फिल्मको ट्रेलर काठमाडौं सहरको दृश्यबाट सुरु हुन्छ । पशुपति आर्यघाट माथिल्लो भाग पुलमा नेपालीहरुसँगै फिल्मको हिरो देखिन्छन् ।


हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो फिल्मको ट्रेलरमा काठमाडौं सहरको एरियल सटदेखि स्वयम्भुको सुन्दर दृश्य समेटिएको छ । साथै चलचित्रमा न्युरोड–असन क्षेत्र समेत देख्न सकिन्छ ।

नेपालको हिमाली भूभाग सहित चलचित्रमा लन्डन, हङकङ र न्यूयोर्क सहर देख्न सकिन्छ ।