गायक राजु लामा जापानका नेपाली नचाउन आइपुगे

Posted on: April 30, 2016 | views: 1339

मदन पाठक-७ फागुन, टोक्यो ।
लोकप्रिय पप गायक राजु लामा सांगितिक कार्यक्रमको लागि जापान आइपुगेका छन् । युरोप लगायत विभिन्न देशमा सांगितिक कार्यक्रम पस्किएर लामा जापान आइपुगेका हुन् ।

बिहिबार साँभ्m जापान आइपुगेका लामालाई नारिता विमानस्थलमा आयोजक तथा उनका प्रशंसकहरुले स्वागत गरेका थिए ।

यही फेव्रवरी २८ तारिखमा राजधानि टोक्योमा हुने मायाको साँघु कन्सर्टमा लामाले आफ्नो सांगितिक प्रस्तुति पस्कनेछन् ।

आफ्ना लोकप्रिय करिव एक दर्जन गित मार्फत जापानमा रहेका नेपालीहरुलाई लामाले सो कार्यक्रममा नचाउने छन् ।
मायाको साँघु जापान कार्यक्रम आयोजक किरण थापा मगर, सुदिन गुरुङ, एनआरएनए जापानका उपाध्यक्ष तथा नेपाल जापान युथ क्लवका अध्यक्ष टासी लामा, एनआरएनए जापानका सदस्य राम थापा अनिल लगायतको गायक राजु लामालाई स्वागत गर्न विमानस्थल पुगेको थियो ।

स्मरणीय छ मायाँको साँघु नाम दिइएको राजु लामा सहभागी कार्यक्रमबा उठेको रकम भूकम्प पीडित नेपालीहरुलाई सहयोग गरिने छ ।

कार्यक्रममा मंगोलियन हर्ट र नमस्ते ब्याण्डका साथमा विभिन्न सांगितिक प्रस्तृतिहरु रहने छ ।