डालसमा कालिप्रसाद बास्कोटाको भव्य कन्सर्ट हुदै

Posted on: February 13, 2019 | views: 6272

टपनेपालन्यूज , काठमाण्डौ । 

मौसम भ्यालेन्टाइनमय बनेको छ , यो स्पेशल समयलाइ अझ स्पेशल बनाउन अमेरीकाको डालसमा कालि प्रसाद बास्कोटाले आफ्नो प्रस्तुती दिने भएका छन् । अमेरीकाको सांगीतिक यात्रामा रहेका गायक कालिप्रसाद बास्कोटा ले यहि फेब्रुअरी १६ मा अमेरीकाको डालस टेक्ससमा धमाकेदार प्रस्तुति दिने भएका हुन् । सुबि इन्टरटेन्मेन्टको प्रस्तुति , डिएण्डडि मुभिजको सहकार्यमा बव इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको उक्त कन्सर्टमा कालि प्रसाद बास्कोटा सहित अन्य ख्याति प्राप्त कलाकार को पनि प्रस्तुति रहने कार्यक्रम संयोजक भक्त भण्डारीले जानकारी दिए । 


कार्यक्रममा कालिप्रसाद बास्कोटाको साथमा लामो समय रंगमन्च हुदै फिल्ममा आफ्नो बेग्लै पहिचान बनाएका नायक सुबास थापा , मेरीबास्सैका बैतडि बाजे राजेश नाथ , न्यूयोर्क मा लोकप्रिय डिजे सुर्यले दर्शक झुमाउने भएका छन् ।