पिताको बाटो पछ्याउदै गुन्जन , 'माया कस्तो लाएँ' सार्वजनिक (भिडियो सहित )

Posted on: December 07, 2018 | views: 16065


काठमाण्डौ । 

अमेरीकामा बस्दै आएकि गुन्जन उपाध्यायको आवाजमा ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ  । रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरीकामा नै गरिएको यो गीतलाइ गुन्जनका पिता तुंगनाथ उपाध्याय (तुंग नेपाल) ले लेखेका हुन् भने संगीत पनि उनकै हो ।सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन्  । सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङ्ग को अभिनय रहेको छ । जेङ चिनिया मोडल हुन् । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।


काे हुन् गुन्जन ? 

गुन्जन उपाध्याय बाल्यकाल देखि नै आफ्नो बाबा तुंगनाथ उपाध्याय बाट संगीत सिक्दै आएकि हुन् । तुंगनाथ नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका नेपालले अमेरीकामा पनि नेपाली गीत संगीत , सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नपाली गीत संगीत , वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार सगीतकार तथा गायक पनि हुन्  । नेपालका प्रसिद्ध तबला वादक पं होमनाथ उपाध्याय द्वारा स्थापित ’प्रस्तार’ समूहको अभ्यास काठमाडौं को मालीगाउँ स्थित आफ्नै निवासमा हुने भएकाले सानै उमेर देखि वरीष्ठ गुरुहरूको गायन , वादन सुनेर हुर्किन् र उनि भित्र पनि संगीतको बिउ रोपिन पुग्यो  । शाष्त्रिय संगीत सिक्दा सिक्दै गुन्जन अमेरीका पुगिन् तर पनि संगीत आफू भित्र रहेको कारण उनले माधुरी ताइ , अर्चना देशपाण्डे लगायतका गुरुबाट पनि केहि समय गायन सिक्ने मौका पाइन् । 

हेरौ यो भिडियो ।