योगेशले ल्याए मनछुने तिहार बिषेश देउसि गीत

Posted on: November 01, 2018 | views: 4653

काठमाण्डाै । 

व्यावसायी  योग्यश्वर उप्रेती(योगेश) एक कुशल गीतकार एव गायक पनि हुन् । केहि समय अघि नम्बरी सुन बोलको गीत बजारमा ल्याएका उप्रेतीले तिहारको मुखमा देउसि गीत बजारमा ल्याएका छन् । मखमलि फूल्यो बोलको तिहार बिषेश गीतको लिरिकल भिडियो सहित गीत बजारमा ल्याएका छन् । गीतमा उप्रेती आफ्नै शब्द एव आवाज रहेको छ भने संगीत बिकाश चौधरीले दिएका छन् ।

बिगतमा आफू पनि परदेशमा हुँदा तिहारको बेला आफूले भोगेको पिडालाइ गीतमा प्रस्तुत गरिएको उनको भनाइ रहेको छ । आफ्नो गीत सम्पूर्ण बिदेशमा रहने र तिहारको बेला चेलीका हात बाट सप्तरंगी टिका लगाउन नपाउने दाजुभाइहरु प्रति समर्पित रहेको उनि बताउछन् ।

हेरौ तिहार गीत मखमलि फूल्यो