अध्यक्ष बोगटीको निधन

Posted on: October 09, 2018 | views: 5335

काठमाडौ ।  चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज असोज २३ गते निधन भएको छ ।
बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिनुभयो । अहिले बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिनुभयो । बोगटी दुई वर्षअघि चलचित्र कलाकार सङ्घको अध्यक्षमा विजयी हुनुभएको थियो. ।