महिलाहरुले गोप्य अङ्गको सरसफाई गर्ने तरिकाहरु

Posted on: September 03, 2017 | views: 1748
यौनाङ्ग एक संवेदनसिल भाग हो, जसको सरसफाइमा एकदमै ध्यान दिन जरुरी हुन्छ । कतिले हतारमा राम्ररी यसको सरसफाइ गर्दैनन्, कतिले वेवास्ता गर्छन् । कतिले नजानेर र कतिले जानेर पनि यौनाङ्को सफाइमा उति राम्रो बिधी अपनाउादैन । यसको नतिजा पछि देखापर्छ । यसले मुत्रनलीको संक्रमणदेखि यौनरोगको खतरा निम्त्याउाछ । साथसाथै मृगौलामा समेत असर पुग्छ । – यौनाङ्गको सफाइ साबुन र सफा पानीले गर्नुपर्छ । यद्यपी धेरै सुगन्धित साबुनको प्रयोग उचित हुादैन । – यौनाङ्गको रौं सफा गर्नुपर्छ, यसले पनि दुर्गन्ध वा संक्रमण हुनबाट बचाउाछ । – यौनाङ्ग सफा गर्दा धेरै हतार नगरौं । बिस्तारै र सावधानीपूर्वक यसको सफाइ गर्नुपर्छ । – हरेक पटक मुत्रत्याग गरिसकेपछि ट्वाइलेट टिस्यु पेपरे सफा गर्नुपर्छ । – राती वा बिहान बेबी पाउडरको प्रयोग गर्न सकिन्छ । यसले यौनाङ्गको दुर्गन्ध हट्छ । – यौनाङ्गलाई सकेसम्म सुख्खा र सफा राख्नुपर्छ । ओसिलो बनाएर राख्नु हुादैन । सावधानी – यौनाङ्गको भित्रैसम्म धुनुपर्छ भन्ने छैन । मासिक श्रावको बेला बगेको रगत सफा गर्दा पनि भित्रैसम्म सफा गर्नु आवश्यक छैन । किनभने त्यो प्राकृतिक रुपमा आफै सफा हुन्छ । – यौनाङ्गको दुर्गन्ध हटाउनका लागि स्प्रेको प्रयोग नगरौं , यसले यौनाङ्गको प्राकृतिक ब्याक्टेरियल सन्तुलन बिगार्न सक्छ ।