देहव्यापार बढ्दो: दमकका होटेलहरुबाट आपत्तिजनक अवस्थामा १८ युवा युवतीहरु पक्राउ

Posted on: August 29, 2017 | views: 3170

काठमाडौँ मात्र हैन देशका बिभिन्न शहरमा यौन धन्दा हुने गर्दछ । यस्तै गरि झापाकाे दमकमा यौन धन्दा फस्टाउँदै गएको पछिल्लाे गतिविधीले देखाएकाे छ ।

यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले दमकका विभिन्न होटलबाट १८ जना युवा-युवतीलाई पक्राउ गरेको छ। पछिल्लो समय दमकका होटलमा पेसेवर यौनकर्मीको संख्या बढ्दै गएकाे गुनासाे पछी इलाका प्रहरी कार्यालय दमकको टोलीले होटलमा छापा मारेकाे पुर्बेली न्युजमा खबर छ ।

प्रहरीका अनुसार अपत्तिजनक अवस्थामा दमकको साइनो होटलबाट पेसेवर यौनकर्मीका रूपमा रहेका दुई जाेडी युवती, कनकाई होटलबाट पाँच जोडीलाई आपत्तिजनक अवस्थामा तथा पेसेवर यौनकर्मीको रूपमा रहेकी एक महिला, सौगात होटलबाट अपत्तिजनक अवस्थामा एक जोडी तथा त्यही होटलमा पेसेवर यौनकर्मीका रूपमा कार्यरत एक महिलालाई पक्राउ गरिएको जनाएकाे छ।

स्थानीयहरूले पूर्वकाे दमकमा यौनधन्दा धेरै फस्टाउन थालेको गुनासो बढेपछि होटलहरूमा छापा मारिएको प्रहरी निरीक्षक बस्नेतको भनाई रहेकाेछ । कानुनले बर्जित गरिएको पेशा भए पनि यसलाई रोक्न प्रसासन लगभग असफल रहीआएको छ ।