फागु खेल्दा ४ लाख  संकलन

Posted on: May 02, 2016 | views: 195

१३ चैत, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका ६ विष्णुनगरमा स्वास्थ्य चौकी निर्माणका लागि स्थानीयले फागु खेलेर ४ लाख रकम संकलन गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले सहरी स्वास्थ्य केन्द्र अन्तर्गत विष्णुनगरमा निर्माण गर्न लागिएको केन्द्रको भवन निर्माणका लागि फागु खेले स्थानियले ४ लाख १५ हजार रकम संकलन गरेका हुन् ।

स्वास्थ्य केन्द्रका लागि आवश्यक जनशक्ति जिल्ला स्वास्थय कार्यालयले पठाइ सकेपनि भवन नहुदा समस्या भए पछि रकम संकलन गरिएको निर्माण समिती अध्यक्ष खुमाकान्त चपागाईले जानकारी दिनुभयो । कावासोती नगरपालिकाले आगामि आर्थिक वर्षमा मात्रै स्वास्थय केन्द्र निर्माणका लागि रकम निकास गर्ने भएपछि स्थानियले आफ्नै पहलमा भवन निर्माण कार्य सरु गर्न लागि परेका हुन् ।