बेशरम नेतृत्व । पैसा तिरेर किन्दा भनेको जति दिने भन्दा समेत मन्त्री खुशी

Posted on: May 02, 2016 | views: 223

१२ चैत, काठमाडौं ।
आपूर्तिमन्त्री गणेशमान पुन पैसा तिरेर किन्दा भारतीय आयल कर्पोरेशनले किनेजति दिने बताउँदा समेत खुशी भएका छन् ।

नेपाललाई माग अनुसार एल.पी. ग्यासको लोड दिन सहमत भएकोमा खुशी व्यक्त गर्दै मन्त्री पुनले थप बुलेटको व्यवस्था गरी बढीभन्दा बढी एल.पी. ग्यास आयात गर्न ग्यास उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दै गरेका छन् ।

एल.पी. ग्यासको आपूर्ति सम्बन्धमा आपूर्ति मन्त्रालय अन्तर्गतका विभाग तथा सार्वजनिक संस्थाका उच्च पदाधिकारी, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी, ग्यास उद्योगी, व्यवसायी तथा बिक्रेता र उपभोक्ता हितमा क्रियाशील संघसंस्थाका पदाधिकारीहरुको सहभागितामा शुक्रबार आपूर्ति मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले त्यस्तो आग्रह गरेका हुन् ।

आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले एल.पी. ग्यासको बिक्रीमा सवभन्दा पहिलो प्राथमिकता खाना पकाउनका लागि उपभोक्ताहरुलाई दिन र त्यसपछि मात्र होटल र उद्योगका लागि ग्यास बिक्री गर्न आग्रह गरे ।