यसरी हुन्छ , काठमाडाैं उपत्यकामै चितुवाको सुकुटी कारोबार !

Posted on: July 29, 2017 | views: 371

काठमाडौं । उपत्यकामा चितुवाको सुकुटीको समेत कारोबार हुने गरेको खुलेको छ । चितुवाको सुकुटीसहित विभिन्न संरक्षित वन्यजन्तुका अंगसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार भक्तपुरको पलासेस्थित वाटर किङडम रिसोर्टबाट चितुवाको एउटा छालासहित तीनजनालाई पक्राउ गरेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले सिन्धुपाल्चोकको मेलम्चीका २७ वर्षीय जीवन तामाङ, दोलखा तामाकोसीका २७ वर्षीय सुरेन्द्र पाख्रिन र दोलखा भीमेश्वरका २० वर्षीय सिंहवीर तामाङलाई पक्राउ गरेको हो । 

उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा चितुवाको सुकुटीसहित अर्का कारोबारी पक्राउ परेका हुन् । अनुसन्धानको क्रममा उनीहरूले दोलखाको भीमेश्वर नगरपालिका–९ जसमन्ते बस्ने बमबहादुर श्रेष्ठस“ग सो छाला खरिद गरेको बताएका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी खरिढुंगाबाट खटिएको प्रहरीले बमबहादुरको घरमा खानतलासी लिएको थियो । जसक्रममा तन्नाभित्र लुकाई छिपाई राखेको अवस्थामा चितुवाको एक सय ५० ग्राम सुकुटी, चितुवाको ढाडको हड्डी, दुम्सीको दाँतसहितको दाह्रा, दुम्सीको काँडा बरामद गरेको हो । श्रेष्ठले आफैँ चितुवा मारेको बताएका छन् । जिल्ला वन कार्यालय दोलखाले उनीमाथि कारबाही अघि बढाएको छ ।