कोलकोत्ता बन्दरगाहमा भारतको सँधैको लापरवाहीपछि व्यवसायीले भने-'बिकल्प चाहियो'

Posted on: July 26, 2017 | views: 315

काठमाडौं ।

भारतको कोलकोत्ता बन्दरगाहको चरम लापरवाही बढ्दै गएपछि तेश्रो मुलुक बाट सामान आयात गर्ने व्यवसायीहरुले कोलकोत्ता बन्दरगाहको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् । 


वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा बुधबार सम्पन्न एक कार्यक्रममा व्यवसायीहरुले कोलकोत्ता बन्दरगाहको लापरवाहीले गत वर्ष मात्रै नेपाली व्यवसायीहरुले झण्डै ८ अर्ब रुपैयाँ जरिबाना बापत बिलम्ब शुल्क बुझाउन परेको बताएका थिए । 


व्यवसायीहरुले कोलकोत्ता बन्दरगाहको विकल्पमा हल्दिया र बिशाखा पट्टनम बन्दरगाह प्रयोग गर्न सकिने भन्दै कोलकोत्ताबाट भन्दा हल्दिया र बिशाखा पट्टनमबाट समान आयात गर्दा छिटो छरितो तथा सहज र बिलम्ब शुल्क समेत नलाग्ने बताउनुभयो ।