भारतीय सहयोग नाम मात्रको, सहयोग भन्दा बढी दबाव र झमेला

Posted on: May 03, 2016 | views: 238

११ चैत, काठमाडौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ खर्ब रुपैयाँ बराबरको सहुलियत ऋणमध्ये ४० प्रतिशत ९४० करोड डलर० लाई अनुदानमा परिर्वतन नगर्ने संकेत भारतले दिएको छ ।

हाल आफैँले खर्च गरिरहेको रकमलाई उक्त ४० प्रतिशतमा गणना गर्नुेपर्ने अडान भारतले राखिरहेको अर्थ मन्त्रालय स्रोतले बताएको आजको नयाँ पत्रिकामा समाचार छ ।

भारतीय प्रधानमन्त्री मोदीले २०७१ साउनमा नेपाल भ्रमण गर्दा संसदलाई सम्बोधन गर्दै १ अर्व डलर सहुलियतपूर्ण ऋण घोषणा गरेका थिए ।  त्यसमध्ये ४० प्रतिशत अनुदान रहने भाषणा गत १० असारमा काठमाडौंमा भएको नेपालको पुनर्निमाणका लागि अन्तराष्ट्रिय सम्मेलनमा भारतीय विदेशमन्त्री सुष्मास्वराजले गरेकी थिइन् ।