विवादीत कर फर्छ्यौट आयोग ऐन तत्काल खारेज गर्न निर्देशन

Posted on: July 17, 2017 | views: 116

काठमाडौं ।

व्यवस्थापिका संसद अर्थ समितिले कर फर्छ्यौट आयोग ऐन २०३३  तत्काल खारेज गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस ऐन मार्फत बनेको कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित भएपछि आजको अर्थ समिति बैठकले यस्तोे निर्देशन दिएको हो ।

बैठकले अनियमित कर मिनाहबारे अध्ययन गर्न ९ सदस्यीय राजश्व छली तथा कर अनियमितता अध्ययन उपसमिति पनि गठन गरेको छ । 

उपसमितिलाई २ महिनाभित्र कर फछ्योट आयोग मार्फत भएका निर्णयको अध्ययन गरेर प्रतिवेदन बुझाउने  कार्यादेश रहेको छ । 

बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर  कार्कीले कर छली तथा छूटका कुनै पनि घटनामा  छानविन गरी कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।