पेट्रोलियम पदार्थको मूल्य घट्यो,आज राति १२ बजेदेखि लागू हुने

Posted on: June 16, 2017 | views: 405

 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले तीन वटै पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल १ सय रुपैयाँमा पाइनेछ । डिजेल र मट्टितेल ७६ रुपैयाँ लिटर कायम भएका छन् । खाना पकाउने एलपी ग्यासको मूल्य भने घटाइएको छैन ।