स्थानीय निकायलाई ३ अर्ब १ अर्ब ४१ करोड बजेट

Posted on: June 11, 2017 | views: 198

काठमाडौं ।

सरकारले आगामी आर्थिक बर्षका लागि स्थानीय सरकारका लागि वित्तिय समानिकरण तथा शसर्त अनुदान गरी ३ खर्ब १ अर्ब ४१ करोड रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

क्षेत्रगत मन्त्रालयहरुबाट हस्तान्तरण हुने आयोजनाहरु गाउँपालिका भित्रको ५० लाख सम्मको र नगरपालिका भित्रको १ करोड सम्मको र उपमहानगरपालिका तथा महानगरपालिका भित्रको २ करोड सम्मको आयोजना, कार्यक्रम र जनशक्ति पनि स्थानीय सरकारलाई हस्तान्तरण हुने जानकारी अर्थमन्त्रालयले गराएको छ ।

अर्थ मन्त्रालयमा आईतवार आयेजित गाँउपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु संगको अन्र्तकृयामा बोल्दै अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले स्थानीय सरकारहरुले असार १५ गते भित्र आआफनो परिषदको बैठक राखि बजेट पेश गर्नु पर्ने व्यवस्था रहेको र आआफनो संचित कोषलाई भण्डारको रुपमा राखि खर्च गर्न छुटटै खाता खोलेर काम गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा विभिन्न गाउँपालिका तथा नगर पालिकाका प्रमुख तथा उपप्रमुखहरुले चालु आर्थिक बर्षमा प्रतेक स्थानीय तहका लागि १.१ करोड अनुदान दिने व्यवस्था भएकोमा कतिपय कारणले त्यो रकम खर्च गर्न नक्ने अवस्थामा फ्रिज नहुने व्यवस्था गर्न र स्थानीय तहलाई दिने शसर्त अनुदान आगाी आर्थिक बर्षमा वृद्धि गर्न अर्थमन्त्रालयलाई सुझाव दिनु भएको थियो ।