म्याग्दीमा अन्तराष्ट्रिय स्तरको सुन्तला बगैंचा

Posted on: June 10, 2017 | views: 240

म्याग्दी ।

म्याग्को बेनी बास्कुनामा अन्तर्राष्ट्रिय स्तरको सुन्तला बगैँचा बनाउने पहल शुरु भएको छ । 


न्यूजिल्यान्डमा रहेका बास्कुनाका लालबहादुर केसीले अन्तर्रा्ष्ट्रियस्तरको बगँैचा व्यवस्थापन र काठमाडौँका व्यापारीलाईसमेत सुन्तलाबारीमै पुग्ने वातावरण बनाउन स्थानीयबासीलाई तालिम र प्रविधि उपलव्ध गराएपछि बास्कुनालाई अन्तर्राष्ट्रिय स्तरको सुन्तला बगैँचा बनाउने पहल शुरु भएको हो 


धान रोप्ने खेतमा सुन्तालाको नयाँ बिरुवा विस्तार गरेका बास्कुनाबासीले अहिले मकैभित्र पनि सुन्तालाको नयाँ बिरुवा बिस्तारसँगै बगँैचा व्यवस्थापन र नयाँ बिरुवाको रेखदेखमा जुटिरहेका छन् । 


२२ घरधुरीको बसोवास रहेको बास्कुनाका १९ घरधुरीले करिब साढे दुई सय रोपनीमा अन्नबाली छोडेर सुन्तलाखेती गरेका छन् ।

कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा गाउँमा हरेक वर्ष कृषकले खेतबारीमा सुन्तालाका बिरुवा विस्तार गरिरहेका छन् । 


जिल्ला कृषि विकास कार्यालयले बास्कुनालाई सुन्तलाको नमुना गाउँ घोषित गरेको छ ।