सामान भित्र्याउँदा गुणस्तर प्रमाण चिह्न लिनुपर्ने

Posted on: June 07, 2017 | views: 152

काठमाडौं ।

नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । 


विभागले साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना सिमेन्ट, एलपीजी सिलिन्डर, ड्राइसेल एन्ड ब्याट्री, फलामे छड, जिआइ वायर, कम्पोजिट ग्यास सिलिन्डर तथा ट्युब्स, पिभीसी केवल, एलपीजी रेगुलेटर र भल्व फिटिङ्ससम्बन्धी सामग्री भित्र्याउँदा अनिवार्य नेपाल गुणस्तर प्रमाण चिह्न लिनुपर्ने व्यवस्था गरेको हो । 


विभागका प्रवक्ता रोमी मानन्धरले विदेशमा उत्पादित वस्तु विदेशबाटै नेपाल गुणस्तर प्रमाण चिह्न लगाएर नेपाल ल्याउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।