निगमले नै यसरी ईन्धनमा ठग्दै आएको छ

Posted on: May 02, 2016 | views: 238

८ चैत, काठमाडौं । पम्पबाट उपभोक्ताले कम परिमाणमा पेट्रोलियम पदार्थ पाएको गुनासोको आधारमा सरकारले कालोबजारी ऐनमार्फत पम्प सञ्चालकलाई भटाभट काबारहीको दायरामा ल्याए पनि भित्री रहस्य भने अर्कै छ ।

उपभोक्तालाई कम परिमाणमा पेटोलियम पदार्थ उपलब्ध गराउने जालोको मुख्य स्रोत नेपाल आयल निगम आफैं रहेको तथ्य बाहिर आएको छ । आजको अन्नपूर्णमा समाचार छ ।

निगमको थानकोट, अमलेखगन्ज, झापा, वीरगन्ज , दाङ, सुर्खेतलगायत डिपोबाट वर्षौदेखि यस्तो ठगी धन्दा सञ्चालन भइरहेको छ ।

निगमले आफैं तोकिएको परिमाणको रकम असुल गरेर पम्प सञ्चालकलाई घटी परिमाणमा इन्धन उपलब्ध गराइरहेको सरकारी अनुगमनको प्रतिवेदनबाट खुलेको छ ।

निगम आफेँ ठगी धन्दामा लागेको बिषयमा सरकारलाई थाहा भएर पनि निगममाथि हालसम्म कुनै कारबाही भएको छैन । निगमले तोकिएको परिमाणको रकम असुल गरेर पनि पम्पलाई कम परिमाण इन्धन उपलब्ध गराएको विषयमा ट्यांकरको नम्बरसहित अन्य सम्पूर्ण प्रमाण प्राप्त भएको छ ।