एनसेल कर प्रकरणः ‘अब असुली सजिलो र निर्विवाद, १० प्रतिशत टेलियाबाट’

Posted on: June 06, 2017 | views: 211

काठमाडौं,जेठ २३ । एनसेलले पुँजीगत लाभकरको १५ प्रतिशत बराबर हुने रकम दाखिला गरेपछि ठूला करदाता कार्यालयले बाँकी १० प्रतिशतका लागि बिक्रेता (टेलिया, स्विडेन) लाई कर निर्धारण गर्ने तयारी थालेको छ । एनसेलले सोमबार थप रकम दाखिला गरेपछि कर असुली प्रक्रिया सजिलो र निर्विवाद भएको सम्बद्ध अधिकारीले बताएका छन्।


‘बिक्रेता टेलियालाई कर निर्धारणका लागि १५ दिनको सूचना छिट्टै पठाउँछौं’, सम्बद्ध अधिकारीले भने । एनसेलले १३ अर्ब ६० करोड रुपैयाँ सोमबार दाखिला गरेको थियो जसमा ११ अर्ब २० करोड रुपैयाँ कर हो भने बाँकी वैशाखदेखि अहिलेसम्मको ब्याज । यसअघि उसले गत वर्षको वैशाखमा ९ अर्ब ९६ करोड रुपैयाँ दाखिला गरेको थियो।


कर निर्धारणका लागि दुईपटक पत्राचार गरिसकेको कार्यालयले अब १५ दिने सूचनासहितको पत्र पठाउँदै छ, यसपछि ७ दिनको सूचना दिएर कर निर्धारण गरिनेछ । टेलियामाथि कर निर्धारण गर्दा उसले ०६५ सालमा एनसेलको ८० प्रतिशत खरिद गर्दा लगानी गरेको एक अर्ब १२ करोड रुपैयाँ बिक्री गरेको मूल्य एक खर्ब ४४ अर्ब रुपैयाँबाट घटाई त्यसमा २५ प्रतिशत नै कर निर्धारण गरिनेछ । स्रोतका अनुसार विगतमा टेलियाको लगानी तथा परमानेन्ट स्टाब्लिसमेन्ट (पीई) एनसेलमा भएको आधारमा ऊमाथि कर दायित्व गर्न सकिने भए पनि खास कर दायित्व टेलियाकै हो । यसैले पूरै २५ प्रतिशतको हिसाबले कर निर्धारण हुनेछ।


कर निर्धारणका लागि दुईपटक पत्राचार गरिसकेको कार्यालयले अब १५ दिने सूचनासहितको पत्र पठाउँदै छ, यसपछि ७ दिनको सूचना दिएर कर निर्धारण गरिनेछ।

टेलियाले कर विवरणमा एनसेलले १५ प्रतिशत दाखिला गरिसकेकाले बाँकी १० प्रतिशत कर बुझाए पुग्छ । अन्तिम दायित्व टेलियाकै हुने भएकाले एनसेलले दुवैचोटि रकम दाखिला गर्दा अग्रिम करस्वरुप रकम दाखिला गरेको छ । उसले पुँजीगत लाभकर नभने पनि रकमचाहिँ पुँजीगत लाभकर शीर्षकमै जम्मा हुन्छ, सरकारले पुँजीगत लाभकरकै रूपमा आम्दानीमा जनाउँछ । टेलियाले पूरै दायित्वअनुसार कर दाखिला गरेको अवस्थामा मात्र उसले दाखिला गरेको रकम फिर्ता वा अरू कर दायित्वमा कट्टा गर्न पाउँछ।

‘एनसेलले जे भनेर रकम दाखिला गरे पनि हाम्रा लागि यो पुँजीगत लाभकर हो’, कार्यालयका उपसचिव गोपाल घिमिरेले भने। कर दाखिला गर्न जति ढिला गर्‍यो, टेलिया र एनसेलकै लागि घाटा हुनेछ।सरकारका लागि त १५ प्रतिशत ब्याज आइरहने लगानीजस्तो हो उमाथिको कर दायित्वु, कर अधिकारीले टिप्पणी गरे । एनसेलले कर दाखिलामा ढिलासुस्ती गर्दा सरकारले दुई अर्ब ४० करोड रुपैयाँ ब्याजबापत प्राप्त गरिसकेको छ।


एनसेलले १५ प्रतिशत बराबरको रकम दाखिला गरेको अवस्थामा बाँकी १० प्रतिशतको असुली सहज भएको कर अधिकारीको बुझाइ छ । उन्मुक्ति पाउने उसको दलिल सकिएको छ । टेलियाले अटेर गरे कर निर्धारणपछि उसले लैजान नसकेको लाभांशको रकमबाट पनि असुल गर्ने बाटो खुल्छ । टेलियाले मुनाफाबाट लैजान ९रिप्याट्रियसन० खोज्दा राष्ट्र बैंकले अनुमति नदिएको ७२ अर्ब रुपैयाँ मुलुकमै छ।


कार्यालयले यसअघि टेलियालाई पुँजीगत लाभकर दुईचोटि पत्राचार गर्दा टेलियाले आफूमाथि कर दायित्व सिर्जना नहुने जिकिर गरेको थियो । टेलियाले उसको स्वामित्व टेलिया एसिया होल्डिङ्समा भएको र नेपाल(नर्वेका दोहोरो कर उन्मुक्तिको सम्झौता ९डीटीए० भएको आधारलाई कर उन्मुक्तिको मुख्य आधार बनाएको छ । करसम्बद्ध अधिकारीका अनुसार डीटीएमार्फत उन्मुक्तिको उसको दाबीमा दम छैन । नर्वेमा दर्ता भएको टेलिया एसिया होल्डिङस कागजी कम्पनी मात्र हो, जसलाई कर अधिकृतले मान्यता नदिन सक्छन् । टेलियाको कारोबार सोझै एनसेलसँग भएको, पीई स्विडेनकै भएको आदि आधारले नर्वेको कागजी कम्पनीलाई उन्मुक्ति पाउने आधारमा प्रस्तुत गर्न सक्ने अवस्था छैन । अर्को कुरा, डीटीएले नेपाली र स्विडिस नागरिकले मात्र सुविधा पाउँछन्।


टेलिया स्विडिस कम्पनी हो, नर्वेजियन नागरिकको होइन । यस्तै, टेलियाले नेपालमा पुँजीगत लाभकर हुनुभन्दा अघि नै डीटीए भएकाले पछि कार्यान्वयन भएको कर तिर्नु नपर्ने जिकिर पनि गरेको छ । पुँजीगत लाभकर ०५८ सालको आयकर ऐनमार्फत आएको हो, नेपाल—नर्वे ०५२ सालमै भएको थियो। सुजित महतले अन्नपूर्ण पोष्टमा यो खबर लेखेका छन्।