पाल्पामा १० करोडको आलु फल्यो

Posted on: May 02, 2016 | views: 176

६ चैत, पाल्पा ।
पाल्पा जिल्लामा यसवर्ष १० करोड रुपैया बराबरको आलु उत्पादन भएको छ ।

आलुखेतीका लागि अनुकूल समय र रोगकीराले यसवर्ष कम सताएपछि अघिल्लो वर्षको तुलनामा पाल्पामा आलुको उत्पादन बढेको हो ।

पाल्पामा यसवर्ष सात हजार ५२३ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मोहनकुमार सिंहले बताउनुभयो ।

कार्यालयको सिफारिसमा किसानले टिपियस, कार्डिनल, स्थानीयजातका आलु लगाएका थिए । पाल्पा जिल्लाको रामपुर, अर्गली, मदनपोखरा, हुँगीलगायतका क्षेत्र आलु उत्पादनका लागि मुख्य पकेट क्षेत्र मानिन्छन् ।