काठमाडौं ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ ।
आयोजनाको शिलान्यास गर्ने तयारी अघि बढाईएपछि वर्षोदेखी अन्योलमा परेको दु्रतमार्ग निर्माण अघि बढ्ने निश्चित भएको हो ।
प्रधानमन्त्रीले बहुचर्चित र बहुप्रतिक्षित तराई मधेसलाई काठमाडौँ जोड्ने उक्त आयोजनाको शिलान्यास गर्ने र प्रक्रिया अगाडि बढाउने लक्ष्यका साथ आवश्यक तयारी गर्न सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिनुभएको छ ।
उहाँले आफू प्रधानमन्त्री भएकै बेला नै द्रुतमार्ग नेपाली लगानीमा अगाडि बढाउने र आफैले शिलान्यास गर्ने बताउँदै आउनुभएको थियो ।
प्रधानमन्त्री कार्यालयकाअनुसार प्रधानमन्त्रीले यही जेठ १४ गते सो आयोजनाको शिलान्यास गर्ने तयारी गर्नुभएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनका आधारमा सरकारले केही दिन पहिले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।