केपी ओली नै नेपाल वायुसेवा बिरुद्ध, चीनजाँदा हिमालयन एयरलाइन्स चार्टर्ड गर्ने

Posted on: May 02, 2016 | views: 328

५ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमको साटो चीन भ्रमणमा सञ्चालनमै नआएको हिमालयन एयरलाइन्स प्रयोग गर्ने भएका छन् ।

नेपालको सरकारी बिमान कम्पनी जसले राष्टिय ध्वजा बोकेको छ त्यसलाई बढावा र प्रोत्साहनको लागि समेत नेपाल वायुसेवा निगमको बिमान प्रयोग गर्नुपर्नेमा केपी ओली भने निजि व्यापारीलाई उकास्न सरकारी ध्वजाबाहक बिमानको बिरुद्धमा लाग्न थालेका छन् ।

ओलीको यस्तो निर्णय विश्वभर कुनैपनी देशको राष्टप्रमुख वा सरकार प्रमूख बिदेश भ्रमणमा जाँदा सरकारी ध्वजा बाहक विमानमा जाने प्रचलन विरुद्ध समेत देखिन्छ ।

यस अघि प्रधानमन्त्री ओलीलाई लिन चीनबाट नै विशेष विमान आउने खवर बाहिर आएपनि त्यो चीन सरकारको आधिकारीक धारणा नभएको पाएपछि प्रधानमन्त्री नीजी कम्पनीको बिमान चढेर औपचारीक विदेश भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले चीन जाँदा यती एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे सहित तिव्वत एयरलाइन्सको संयुक्त लगानीमा सुरु हुन लागेको हिमालयन एयरलाइन्सका प्रमूख प्रतिनिधि समेत चीन जाने भएका छन् ।

पहिलो उडान चैत ३० गते विहान ११ बजे काठमाडौं नयाँदिल्ली रुटको अनुमति पाएपनि उडान अनुभव नभएको बिमान कम्पनीलाई यतीधेरै प्रोत्साहन दिएर प्रधानमन्त्रीको हुन लागेको चीन भ्रमणबाट राज्यले भन्दा व्यक्तिले बढी फाइदा पाउने सम्झौता हुने पहिलो उदाहरण भएको ठानिएको छ ।

हिमालयन एयरलाइन्स चीनको चेन्दुबाट फागुन २६ गते काठमाडौं ल्याइएको हो । एयरबस ए ३२० बाट प्रधानमन्त्री ओली चैत ७ गते बेइजिङका लागि उड्ने छन् । ओलीसँगै उपप्रधानमन्त्री कमल थापा र थप तीन मन्त्री सहित सरकारी जम्बो टोलि भिभिआइपीको रुपमा चीन जाँदैछन् ।
प्रधानमन्त्री ओली चैत १२ गते यही विमानबाटै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा भने राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको प्रयोग गरेका थिए ।
उनी नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौंबाट नयाँदिल्ली पुगेका थिए भने नेपाल एयरलाइन्सकै नियमित उडानमार्फत मुम्बइबाट काठमाडौं आएका थिए ।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा एमालेको पार्टी कार्यालय अहिले शेर्पाको स्वामित्वमा रहेको धुम्बाराहीस्थित पासाङल्हामु शेर्पा स्मृती प्रतिष्ठानमा छ ।
त्यही भएर ओलीले पार्टीका शुभचिन्तकलाई व्यापारिक लाभ दिन सरकारी ध्वजाबाहकको खिल्ली उडाएर निजि बिमान कम्पनीलाई प्रयोग गरेका छन् ।

नेपाल एयरलाईन्सलाई टाट पल्टाउन भारतीय हर्कत, उड्न लागेको बिमानमा बमको हल्ला

अर्को बिमान दुर्घटना । फिस्टेल एयर यसरी दुर्घटना भयो (फोटो फिचर)