राष्ट्रिय व्यापार मेला जारी

Posted on: May 02, 2016 | views: 268

५ चैत, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राजधानीमा पाँचौं नेपाल खन्तर्राष्ट्रिय व्यापार मेला, सन् २०१६ को उद्घाटन गर्नुभयो ।

समारोहमा राष्ट्रपति भण्डारीले मेलाले दक्षिण एसियामा व्यापारीक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै आधुनिकीकरण र उदारीहरणको अवसर र चुनौतीका बीच स्वदेशी उत्पादनलाई प्राथमिकता दिई अर्थतन्त्रलाई माथि उठाउनुपर्ने बताउनुभयो ।

उहाँले नयाँ संविधनले राजनीतिक सङक्रमणकाल अन्त्य गरी मुलुक आर्थिक विकासमा अग्रसर भइरहेका बेला बैदेशिक लगानीलाई पनि आकर्षित गराउन र निर्यात बढाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योगबाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारले तय गरेबमोजिम चोभारमा अन्तर्राष्ट्रिय व्यापार मेलास्थल चाँडो बनाउन सरकारसँग माग गर्नुभयो ।

भारतीय चेम्बर अफ कमर्सका महानिर्देशक डा. राजीव सिंहले भारतीय उद्योगी उर्जा विकासमा काम गर्न उत्सुक रहेको बताउनुभयो ।

चीनको बाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार केन्द्रका उपनिर्देशक उ थिङ ताओले आफ्नो सरकार नेपालको उद्योग क्षेत्रमा लगानी बढाउन आधुनिक प्रविधि भित्र्याउन तत्पर रहेको बताउनुभयो ।