अण्डाको मुल्य बढ्यो, एउटैको १७ रुपैयाँ सम्म

Posted on: April 17, 2017 | views: 178
चितवन । पछिल्लो केही साता अघिदेखिनै नेपालभर कुखुराको मासु लगायत अण्डाको मुल्य बृद्धि हुने क्रम बढेको छ । देशभरीनै कुखुराको र अण्डाको तुलनात्मक रुपमा उत्पादन घट्दा मुल्य बृद्धि गरिएको छ । नेपाल अण्डा उत्पादक संघ आइतवार बसेको बैठक अनुसार देशभर आजदेखि लागु हुनेगरी अण्डाको मुल्यमा पुनः बृद्धि गरेको छ । जस अनुसार ठुलो अण्डा फार्म मुल्य प्रति क्रेट रु३६० र बिक्री मुल्य रु ३६५ कायम गरिएको छ । यस्तै मझौला अण्डा फार्म मुल्य प्रति क्रेट रु ३३० र बिक्री मुल्य ३३५ निर्धारण गरिएको छ। नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम के.सी.ले अण्डाको उत्पादन स्थिर रहेको तर अप्रत्यासित रुपमा माग बढ्दै गएको कारण मुल्य बढेको बताउनुभयो । पछिल्लो समय उपभोक्ताहरुमा अण्डाप्रति आर्कषण बढेको र चुनावी सरगर्मी बढेसंगै अण्डाको उपभोगपनि अप्रत्यासित रुपमा बढेको उहांँको भनाई छ। । ‘अण्डाको माग ह्वात्तै बढेको छ, माग अनुसारको आपुर्ति बढ्न सकेको छैन उहांँले भन्नुभयो ,आपुर्ति भन्दा बढी माग बढे मुल्य बढ्ने हो’ । अण्डाको मुल्य बढेपछि यसअघि प्रति गोटा खुद्रा मुल्य रु १५ रुपैया तिर्दै आएका उपभोक्ताले अवदेखि प्रतिगोटा रु १६ देखि १७ रुपैया तिर्नुपर्नेछ ।