प्रदेशस्तरिय इन्धन डिपो राख्न निगमद्धारा जग्गा छनौट सुरु

Posted on: April 13, 2017 | views: 300
दाङ । आयल निगमको प्रदेशस्तरीय इन्धन डिपो राख्नका लागि स्थान छनौटको प्रत्रिया सुरु भएको छ । हालसम्म प्रदेश स्तरिय इन्धन डिपो स्थापनाका लागि जग्गा नपाएपछि पछिल्लो समय अ‍ैलानी र बगर छेउका जग्गाहरुको खोजि सुरु गरिएको हो । नेपाली काँग्रेसका नेता बुद्धिराम भण्डारी नेतृत्वको टोलीले तुलसीपुर उप–महानगरपालिका वडा नं १२ अन्तरगतको ग्वारखोला अन्तरगतो गरगरुवा क्षेत्रको जग्गाको अवलोकन गरेको छ । त्यहाँ रहेको झन्डै १० विगाहा जग्गामा इन्धन डिपो स्थापना गर्न सहज हुने नेकपा एमालेका जिल्ला उपाध्यक्ष हुकुमबहादुर बस्नेतले समेत बताउनु भयो । उक्त स्थल राप्ती लोकमार्ग अन्तरगत जनउभार पसलदेखि झन्डै २ किलोमिटर पुर्व तर्फ पर्दछ । नेपाली काँग्रेसका नेता एवं सांसद भण्डारीले ग्वार खोलालाई ५० मिटरमा डोर्याएर त्यहाँ इन्धन डिपो स्थापना गर्न सकिने बताउनु भयो । तर यो भूभाग टरिगाँउ एयरपोर्ट देखि ८ किलोमिटर दक्षिण र त्यसदेखि पूर्व २ किलोमिटर गरि कुल १० किलोमिटरको दुरीमा रहेको छ । त्यस्तै उक्त टोलिले टरिगाँउ एयरपोर्ट नजिकैको दोघरेजाने बाटो क्षेत्रको जग्गाको समेत अनुगमन गरेको छ । विकल्पका रुपमा अवलोकन गरिएको उक्त स्थान भने जनमुखी प्राविको जग्गा हो । तर यो जग्गापनि अ‍ैलानी नै हो । यहाँ झन्डै सात विगाह जग्गामा आइल निगमको क्षेत्रीय डिपो स्थापना गर्नका लागि दोस्रो विकल्पका रुपमा प्रस्ताव गरिने सांसद भण्डारीले बताउनु भयो । दोस्रो विकल्पको रुपमा अवलोकन गरिएको स्थानभने टरिगाँउ एयरपोर्ट देखि झन्डै २ किलोमिटरको दुरीमा मात्रै छ । त्यसैले यो नै इन्धन डिपो स्थापनाको लागि उपयुक्त स्थान भएको तत्कालिन तुलसीपुर नगरपालिकाका काँग्रेसका नगर कार्यबहाक सभापति भिमप्रशाद भण्डारीले बताउनु भयो । यि दुई ठाँउहरु इन्धन डिपोको लागि प्रस्तावको रुपमा प्रस्तुत गरिएमा इन्धन डिपो स्थापनाको काम सूरु हुने सांसद बुद्धिराम भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।