विश्व बैंकबाट करिव १५ अर्ब ९३ करोड ऋण सहयोग

Posted on: March 02, 2017 | views: 290

काठमाडौं ।
विश्व बैंकले  स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम  कार्यान्वयनका लागि करिव १५ अर्ब ९३ करोड रुपियाँ ऋण सहयोग प्रदान गर्ने भएको छ ।

ऋण सहयोग सम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा अर्थसचिव डा। शान्तराज सुवेदी र विश्व बैंकको नेपालस्थित कार्यालयका राष्ट्रिय प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गर्नुभयो ।

नेपाल स्वास्थ्य क्षेत्र रणनीति अनुरुप सबैमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउने लक्ष्य प्राप्तिका लागि सरकारले परिणामका लागि स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम तयार गरेको हो ।