“चौथो नुवाकोट महोत्सव” सुरु

Posted on: January 27, 2017 | views: 423
१४, माघ, नुवाकोट । “चौथो नुवाकोट महोत्सव” सुरु भएको छ । महोत्सवको औपचारिक उद्घाटन अहिले केही समयमा शहरी विकास मन्त्री तथा नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सासद् अर्जुननरसिंह केसीले उद्घाटन गर्ने कार्यक्रम मिलाइएको छ । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टार बसपार्कमा आजदेखि सुरु भएको महोत्सवमा आगामी २४ गतेसम्म ११ दिन सञ्चालन हुने संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभएको छ । आजदेखि सुरु भएको महोत्सवको लागी स्टल ब्याबस्थापन, प्रचारप्रसार, तुल तथा ब्यानर, स्वागत द्धार, खेलौना तथा मनोरञ्जनात्मक लगायतका सबै तयारी पूरा भएर उल्लासको सञ्चालन चल्न थालेको संघका अध्यक्ष कार्कीले बताउनुभएको छ । महोत्सव मार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण, पर्यटन प्रबद्धन, हस्तकलाबाट उत्पादित सामाग्रिको बजारिकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउने लक्ष्य राखिएको उहाँले बताउनुभएको छ । “दिगो आर्थिक विकासको लागी व्यवसायिक प्रबद्धन” भन्ने मूल नाराको साथ सुरु गर्न लागिएको महोत्सवले नुवाकोटको पहिचानलाई बृद्धि गर्दै जिल्लालाइ आर्थिक रुपमा समृद्ध बनाउन केन्द्रित हुने संघका अध्यक्ष कार्कीले बताउनुभएको छ । महोत्सवमा रहेका स्टलहरुमा विक्रीका सामाग्रि सजाउनेहरुको चहल–पहल निकै बढेको छ । महोत्सव स्थलको प्रवेशद्धारमै राखिएको साततले दरवारको नमूनाले मेलामा आउने अवलोकनकर्ताको ध्यान तान्ने अपेक्षा गरिएको छ । महोत्सव स्थलमा स्टल सजावटको, मञ्च व्यवस्थापन तथा अबलोकन गर्नेहरुको चहलपहल निकै बढेको छ । महोत्सव उद्घाटनको समारोह भएकाले आज दिनभर अवलोकनकर्तालाई निःशुल्क प्रवेश दिइएको छ । महोत्सव सुरुवात भएको उल्लासको सन्देश दिन आज एक दिन निःशुल्क प्रवेश दिइएको संघका महासचिव दिपक कायस्थले जानकारी दिनुभएको छ । भोलिदेखि लक्षित बर्ग अन्तरगत रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिलाको लागी निःशुल्क र अन्यको लागी टिकट अनिवार्य गरिएको छ । चौथो नुवाकोट महोत्सवको लागी ६७ लाख ५० हजार रुपैयाँको कारोबार गर्ने योजना बनाइएको छ । विशुद्ध आर्थिक प्रबद्धनको लागी महोत्सव सञ्चालन गर्न लागिएकाले नाफा÷नोक्सान भन्दा पनि नुवाकोटमा उत्पादन भएका कृषि सामाग्रिको बजारीकरण, धार्मिक एंव सास्कृतिक सम्पदाको पर्बद्धन, पर्यटकीय स्थानको प्रचारमा जोड दिन केन्द्रित रहने लक्ष्य बनाइएको छ ।