दोलखाको सिँगटीबाट राष्ट्रिय पुनर्निर्माण अभियान सुरु

Posted on: May 02, 2016 | views: 268

३० फागुन, दोलखा । 
पुननिर्माण प्राधिकरणले आजदेखि भूकम्प अतिप्रभावित जिल्ला दोलखाबाट काम थाल्ने भएको छ । दोलखाको सिँगटीबाट प्राधिकरणले  राष्ट्रिय पुनर्निर्माण अभियानको  सुरु गर्न लागेको हो । प्राधिकरणले भूकम्पको झण्डै ११ महिनापछि भूकम्पबाट क्षतिग्रस्त बनेको दोलखा जिल्लाबाट पूनर्निमाण अभियानको प्रारम्भ गरेको हो । भूकम्पपीडितका लागि दिने भएको रकम प्राधिकरणले आजदेखि बाँड्दैछ। घर बनाउन अनुदानबापतको पहिलो किस्ता ५० हजार रुपैयाँका दरले वितरण गरेर अभियानको सुरुवात गरिने प्राधिकरणले जनाएको छ । 

पुनर्निर्माणका लागि सरकारले ६५ अर्ब रुपैयाँ निकासा गरिसकेको छ । गत भदौंसम्ममा ६ लाख ९६ हजार ७ सय ४६ परिवार भूकम्प पीडित थिए भएपनि पछिल्लो समय बढेको सरकारी तथ्थांकले जनाएको छ ।
पुननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, दोलखा जिल्लाका सभासद्हरूले संयुक्त रूपमा अभियानको सुरूवात गर्नेछन् । प्राधिकरणले पहिलो चरणमा उत्तरी लादुक–८ र लामिडाँडा गाविसका–६का कम्पपीडितलाई पहिलो किस्ताबापतको रकम हस्तान्तरण गर्नेछ । अनुदान वितरणका लागि प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया नेतृत्वको एउटा टोली दोलखा पुगिसकेको छ ।