'कच्चा तेल लगेर प्रशोधन गर, प्रशोधनमा सघाउँछौं, सस्तो पनि पर्छ'-चीन

Posted on: May 02, 2016 | views: 468

२९ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इन्धन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।
 
नेपालले कुल खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गरिरहँदा चीनले कच्च तेल लगेर प्रशोधन गर्न सुझाव दिएको  छ ।
 
त्यसका लागि पाइपलाइन मार्फत कच्चा तेल दिने र प्रशोधन केन्द्र निर्माणमा सघाउने चीनको प्रतिवद्धता छ । चीनबाट इन्धन खरिद सम्भावना खोज्न पटक पटक गएको नेपाली टोलीलाई चिनियाँ अधिकारीले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका हुन् ।
 
चारपटकसम्म चीन पुगेका आयनल निगमका निमित्त नायब प्रवन्ध निर्देशक सुशील भट्टराईले प्रशोधित तेल आयात सम्भावना खोज्न गए पनि चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका बताए ।