भारतभन्दा चीनको ग्याँस सय रुपैयाँ सस्तो

Posted on: May 02, 2016 | views: 350

२८ फागुन, काठमाडौं ।
भारतले हाल दिइरहेको ग्यासको तुलनामा चीनबाट ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने देखिएको छ । कारोबार दैनिकमा समाचार छ ।
 
आपूर्ति मन्त्रालयका सहसचिव उत्तम नागिलाको नेतृत्वमा चीन गएको टोलीले गरेको अध्ययन अनुसार नेपालले सस्तोमा ग्यास पाउने देखिएको छ ।
 
चिनियाँ कम्पनी साइनो प्याक्सले भारतको भन्दा कम मूल्यमा ग्यास प्रस्ताव गरेको छ ।  साइनो प्याक्सले प्रतिकिलो ग्यास ३.५ चिनियाँ युआन'५८ रुपैयाँ' मा दिन सकिने प्रस्ताव नेपाललाई गरेको छ । यो चीनको स्थानीय करसहितको मूल्य हो ।

प्रतिसिलिन्डर अर्थात १४ं२ किलो ग्यासलाई ८ सय २३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेशन रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९ सय २२ रुपैयाँ पर्छ ।