नेताका भरौटे कार्यकर्ता पोस्न थप ६४ अर्ब बजेट माग

Posted on: May 02, 2016 | views: 191

२८ फागुन, काठमाडौं ।
आर्थिक वर्षको अन्त्यतिर हतार हतार जथाभावी रकम खर्च गर्ने नियत राखेर विभिन्न मन्त्रालयले नयाँ कार्यक्रमका लागि भन्दै थप ६४ अर्ब रुपैयाँ बजेट माग गरेका छन् । नागरिक दैनिकमा समाचार छ ।
 
चालु आर्थिक वर्षको सुरुदेखि नै पुजीँगत बजेट खर्च गर्न नसकेर ओलोचित बनेका मन्त्रालयले पुससम्ममा ६३ अर्ब ७१ करोड रुपैयाँ थप बजेट मागेका छन् ।
 
चालु आर्थिक वर्षको मध्यसम्म विभिन्न मन्त्रालयले ६३ अर्ब ७१ करोड रुपैयाँ थप बजेट मागेका छन्  अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख रामशरण पुडासैनीले भने यो अवधिमा  पुजीँगत बजेट भने १५ अर्ब रुपैयाँ मात्र अर्च भएको छ ।