'आएको ग्याँस कता हराईरहेको छ ?'

Posted on: May 02, 2016 | views: 275

२७ फागुन, काठमाडौं ।
नाकाबन्दीभन्दा पहिला सामान्य अवस्थामा दैनिक ६० देखि ६६ बुलेट ग्यास ल्याइन्थ्यो ।

अहिले ५० देखि ६० बुलेट आउन थालेको छ । यो भनेको करिव पुग्दो हो । तर, सर्वसाधारणका चुला अझै बल्न सकेका छैनन् । आएको ग्यास कता हराइरहेको छ त ?
 
नाकाबन्दीयता सबै ग्यास उद्योग गरेर करिव ४ सय भूमिगत डिलर खुलेका छन्  ग्यास विक्रेता महासंघका एक उच्च कर्मचारीले भने, आयात भएको ग्यास तिनै डिलरलाई बढी मात्रामा दिइन्छ । कान्तिपुर दैनिकमा समाचार छ ।